+
Search

ताजा अपडेट +

पपुलर +

सातवटै प्रदेशमा ग्लोबल आईएमईको विद्यार्थीलक्षित वित्तीय साक्षरता कार्यक्रम

4KNationalDaily
२०८० चैत्र १८, आईतवार १९:५७ बजे

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२४ को अवसरमा सप्ताहव्यापी रुपमा सातवटै प्रदेशमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको छ।

बैंकले आफ्ना प्रदेश कार्यलयहरुको संयोजनमा सातवटै प्रदेशमा युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको हो।

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुहरुका बारेमा जानकारी गराइएको छ।

यसैगरी, बैंकले ग्लोेबल मनि विक २०२४ को अवसर पारेर देशव्यापी रुपमा वित्तीय कार्यक्रमहरु आयोजना गरिरहेको छ।

अहिलेसम्म सम्पन्न विभिन्न कार्यक्रमहरुमा १४ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो।

यसका साथै, ग्लोबल आइएमई बैंकले आफ्ना ३५४ वटै शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रवर्द्धन कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्य राखेको छ।

ग्लोबल आइएमई बैंकका ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्र छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily