+
Search

ताजा अपडेट +

पपुलर +

कुमारी बैंकद्वारा ग्लोबल मनी वीकमा वित्तीय साक्षरता कार्यक्रम, सबै शाखा परिचालित

4KNationalDaily
२०८० चैत्र १९, सोमबार १७:३८ बजे

काठमाडौं– ग्लोबल मनी विक २०२४ का अवसरमा कुमारी बैंकले विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ।

‘आफ्नो पैसा बचत गरौं, भविष्य सुरक्षित गरौं’ भन्ने नाराका साथ मनी वीकको बाह्रौं संस्करण मनाएको हो।

वित्तीय साक्षरताको अभावमा अनौपचारिक वित्तीय संयन्त्रका विसंगतिको सिकार हुनु पुगेका वा हुनसक्ने समुदायलाई लक्ष्य गर्दै साक्षरता कार्यक्रम गरिएको बैंकले जनाएको छ।

कार्यक्रमअन्तर्गत वित्तीय लक्ष्य निर्धारणका लागि क्यालकुलेटर सञ्चालन, वित्तीय साक्षरता तथा आचरण प्रवर्धनका लागि कर्मचारीहरुको प्रतिबद्धता, बैंकको सामाजिक सञ्जालमार्फत वित्तीय साक्षरता सम्बन्धि क्विज तथा जनचेतना विकासका सामाग्री प्रसारण गरिएको थियो।

वर्षैभरि वित्तीय साक्षरता प्रवर्धनका लागि राष्ट्रियस्तरमा स्थापित कलाकारहरुको अभिनयसहितको भिडियो शृंखला तथा सामाजिक विषयवस्तुलाई झल्काउने प्रसंग समेटिएको पुस्तक पनि सार्वजनिक गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकले साताभरि देशैभरका आफ्ना शाखा कार्यलयहरुबाट १ सय २३ वटा वित्तीय साक्षरता प्रशिक्षण कार्यक्रमहरु आयोजना गरेको थियो, जसमा ५ हजार ४ सयभन्दा बढी विद्यार्थी, विभिन्न संघसंस्था तथा समुदायमा आबद्ध सर्वसाधारणहरुले सहभागिता जनाएका थिए।

२२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकका ३ सय २ शाखा सञ्जाल छ। ३ सय १४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ इकाईहरु छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily