+
Search

ताजा अपडेट +

पपुलर +

चीनबाट फर्किएपछि नारायणकाजीले भने– भ्रमण सफल भयो, सकारात्मक परिणाम आउँछ

4KNationalDaily
२०८० चैत्र १९, सोमबार १२:२० बजे

काठमाडौं– उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनी सात दिनको भ्रमण पूरा गरी सोमबार बिहान स्वदेश फर्किएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो भ्रमण सफल भएको बताए ।

नेपालको केन्द्रीय कार्यभार आर्थिक विकास र समृद्धि भएको भन्दै मन्त्री श्रेष्ठले त्यसका लागि चीनको सहयोग चाहिन्छ भनेर छलफल गरेको जानकारी दिए । उनले त्यसको परिणाम सकारात्मक आउने विश्वास व्यक्त पनि गरे ।

आर्थिक विकासको विषयमा बुँदाबुँदामा छलफल भएको उनको भनाइ छ ।

प्रतिपक्षले विदेश डुलेको भनेर आलोचना गरेको सन्दर्भमा राखिएको जिज्ञासामा उनले भने, ‘अरु विदेशमन्त्रीहरुले देशभित्र बसेर कम, बाहिर बसेर बढी काम गर्छन् ।’

उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत ११ गते चीन भ्रमणमा गएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily