+
Search

ताजा अपडेट +

पपुलर +

आयरल्यान्ड एविरुद्ध नेपाल ए को लज्जास्पद ब्याटिङ, ६० रनमै अलआउट

4KNationalDaily
२०८० चैत्र २३, शुक्रबार १४:३९ बजे

काठमाडौं– दोस्रो एकदिवसीय श्रृंखला अन्तरगत आयरल्यान्ड उल्भ्सविरुद्ध १७५ रनको लक्ष्य पछ्याएको नेपाल ए ले लज्जास्पद हार व्यहोरेको छ ।

नेपालका लागि भीम सार्कीले १७ र विनोद भण्डारीले १६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका देव खनाल, आरिफ शेख, रिजन ढकाल, कमलसिंह ऐरी र मौसम ढकाल शून्य रनमा आउट भए ।

आयरल्याण्डका माथ्यू हम्फेस एक्लैले ६ विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको आयरल्यण्डले ३८ दशमलव ४ ओभरमा अलआउट हुँदै १७४ रन बनाएको थियो ।

नेपालका लागि शाहब आलम र रिजन ढकालले तीन तीन विकेट लिए । यस्तै मौसम ढकालले २ । कमलसिंह ऐरीले १ विकेट लिए ।

नेपालका पाँच ब्याटर शून्यमा नै पेभेलियन फर्के।।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily