+
Search

ताजा अपडेट +

पपुलर +

आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा सार्बजनिक बिदा

4KNationalDaily
२०८० चैत्र २६, सोमबार १०:३० बजे

काठमाडौं- आज काठमाडौँ उपत्यकामा घोडेजात्रा पर्व मनाईंदैछ । हरेक वर्ष चैत कृष्ण औँसीका दिन विभिन्न कार्यक्रम गरी घोडेजात्रा पर्व मनाउने गरिन्छ । यो पर्व विशेषगरी काठमाण्डौ उपत्यकामा मनाउने चलन छ ।

घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको विश्वासमा टुँडिखेलमा घोडा दौडाउने गरिन्छ । नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गर्दैछ ।

घोडेजात्राको अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily