+
Search

ताजा अपडेट +

पपुलर +

अमेरिकी डलर स्थिर रहँदा युरो र पाउण्ड स्टर्लिङ बढ्यो, यस्तो छ आजको विनिमय दर

4KNationalDaily
२०८० चैत्र २६, सोमबार १०:३२ बजे

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलरको मूल्य हिजोकै मूल्यमा यथावत रहँदा युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटबढ भएको छ।

आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ। विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार भइरहेको छ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ११ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ १० पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा थियो।

आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ८२ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७२ पैसा थियो।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९६ पैसा थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ४१ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ४२ पैसा थियो।

आजको लागि बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ३० पैसा थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily