+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेसको प्रश्न- गल्ति छैन भने भने छानबिनको लागि किन तयार नभएको ?

4KNationalDaily
२०८० चैत्र २८, बुधबार १४:३३ बजे

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ ।

प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ  कांग्रेसका सांसदहरुले उठेर संसदमा अवरोध गरेका थिए ।

सभामुखको अनुमतिले कांग्रेसका सांसद रामहरी खतिवडाले रवि लामिछाने गृहमन्त्री बनेदेखि सहकारी ठगिको छानबिन अवरुद्ध भएको दाबि गरेका थिए ।

सांसद खतिवडाले प्रधानमन्त्रीले पनि सहकारी ठगको बचाउ गरेको आरोप लगाउदै संसदीय छानिबन आवश्यक रहेको बताए ।

सांसद खतिवडाले आफूहरुका माग सरकारले नसुनेको बताउदै सहकारीको एक अर्ब भन्दा बढी गोरखा मिडियामा लगानी भएको र सो मिडियाको प्रबन्ध निर्देशक रवि लामिछाने रहेकोले छानबिनको माग आफुहरुले गरेको बताए ।

उनले आफुहरुले कसैप्रति पूर्वाग्रह नराखेको बताउदै गल्ति छैन भने भने छानबिनको लागि किन तयार नभएको भन्दै प्रश्न गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily