+
Search

ताजा अपडेट +

पपुलर +

मानव बेचबिखनको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

4KNationalDaily
२०८० चैत्र २९, बिहीबार ०९:१८ बजे

काठमाडौं– मानव बेचबिखनको आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रसुवाको नौकुण्ड गाउँपालिका-१ का ५२ वर्षीय नुर्वु घले भन्ने नुर्बु स्याङबो घले रहेका छन् ।

उनलाई मानव बेचविखन ब्‍यूरोको टोलीले बुधबार बबरमहलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

आर्थिक अवस्था कमजोर भएकी पीडितलाई कुवेतमा मासिक २८ हजार तलब दिने काममा लगाइ दिने भन्‍दै मिलेमतोमा भारतको नयाँदिल्लीमा पुर्‍याएको र उक्त स्थानबाट भिजिट भिसामा श्रीलंकाको कोलम्वोमा स्थानीय एजेन्टलाई जिम्मा लगाएको खुल्न आएको छ ।

घटनामा संलग्न अन्य अभियुक्तहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily