+
Search

ताजा अपडेट +

पपुलर +

नयाँ वर्षमा कुमारी बैंकले ल्यायो अफर, कारोबार रकमको २५% सम्म क्यास ब्याक

4KNationalDaily
२०८० चैत्र २९, बिहीबार १४:५६ बजे

काठमाडौं– कुमारी बैंकले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा क्यास ब्याक अफर घोषणा गरेको छ।

बैंकले आफ्नो डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले २०८१ रुपैयाँ वा कारोबार रकमको २५% जुन रकम न्यून हुन्छ उक्त रकम फिर्ता पाउने अफर ल्याएको हो।

पीओएस भुक्तानी, अनलाइन कारोबार र क्युआर भुक्तानीमार्फत कारोबार गर्ने मोबाइल बैंकिङ प्रयोगकर्ताले यो अफरको फाइदा उठाउन सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार यो योजना २०८१ वैशाख १ गते बिहान ८ः०० बजे देखि राति ११ः५९ बजेसम्म लागू हुने छ। तोकिएको समयावधिभित्र कारोबार गर्ने पहिलोे ४० जना कार्ड प्रयोगकर्ता र पहिलो ४० जना मोबाइल बैंकिङ प्रयोगकर्ताले क्यास ब्याक प्राप्त गर्न सक्नेछन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले यो अफरले ग्राहकलाई डिजिटल भुक्तानी प्रणालीमा आवद्ध हुन प्रोत्साहन गर्ने बताए।

कुमारी बैंक पछिल्लो समयमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहित गर्न, समय सापैक्षिक ग्राहकमूखी सेवाहरू प्रदान गर्न र वित्तीय समावेशीतालाई बढावा दिनको लागि प्रतिबद्ध रहेको देखिन्छ भने भुक्तानीका लागि डिजिटल माध्यममा जोडिन प्रोत्साहन गर्दै आएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६७ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily