काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य ह्वात्तै घटेको छ।
आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८० पैसा र बिक्रीदर १३३ रुपैयाँ ४० पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १४३ रुपैयाँ १७ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ २६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९१ पैसा थियो।
आज बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६७ रुपैयाँ २८ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३९ पैसा थियो।
त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३२ पैसा थियो।
आजको लागि कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ २७ र बिक्रीदर ४३३ रुपैयाँ २२ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ र बिक्रीदर ४३३ रुपैयाँ ९५ पैसा थियो।
आजको लागि बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ २३ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ८२ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ८६ पैसा थियो।
प्रतिक्रिया