+
Search

ताजा अपडेट +

पपुलर +

माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा दोहोरिए सन्तोष कोइराला

4KNationalDaily
२०८१ बैशाख १, शनिबार ०८:५४ बजे

काठमाडौं– माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सन्तोष कोइराला पुन: दोहोरिएका छन्। कोइराला वैशाख १ गते देखि लागू हुने गरि दोस्रो कार्यकालका लागि नियुक्त भएका हुन्।

कोइरालालाई बैंकको सञ्चालक समितिले तीन महिना अघि नै दोस्रो कार्यकालका लागि सीइओमा नियुक्त गर्ने निर्णय गरेको थियो। सो निर्णय भोलिबाट लागू हुने भएको हो।

कोइरालाको दोस्रो कार्यकाल ४ वर्षको हुनेछ। बैंकर्स संघका उपाध्यक्ष समेत रहेका कोइरालासँग अढाई दशक लामो बैंकिङ अनुभव छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily