+
Search

ताजा अपडेट +

पपुलर +

गरिमा विकास बैंकको कार्डमा २०.८१ प्रतिशत क्यास ब्याक योजना सार्वजनिक

4KNationalDaily
२०८१ बैशाख २, आईतवार २१:३२ बजे

काठमाडौं- नयाँ वर्ष २०८१ लाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले क्यास ब्याक योजना सार्वजनिक गरेकाे छ ।

आफ्ना ग्राहकका लागि कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१% वा अधिकतम  २०० नगद फिर्ता योजना सार्वजनिक गरेको हाे ।

यस योजना अन्तर्गत बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नेपालभित्र पीओएस मेसिन मार्फत कारोबार गर्दा अधिकतम २०० सम्म नगद फिर्ता पाउन सक्नेछन् ।

नगद रहित कारोबारलाई प्रोत्साहन एवं प्रवर्द्धन हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि १ वैशाख २०८१ देखि ३ वैशाख २०८१ सम्म रहेको छ । साथै, बैंकले आफ्ना ग्राहकहरुको किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सेवा सुरुवात गरिसकेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily