काठमाडौं– लगातार उच्च बनेको सुनचाँदीको कारोबार मूल्य आइतबार केही घटेर कायम भए पनि सोमबार पुनः बढेको छ। सुन तोलामा ७ सय रुपैयाँ र चाँदी १५ रुपैयाँ बढेको हो।
साताको दोस्रो दिन सुन प्रति तोला १ लाख ३७ हजार ५ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।गत शुक्रबारका तुलनामा २ हजार २ सय रुपैयाँ घट्दा आइतबार तोलाको १ लाख ३६ हजार ८ सय रुपैयाँ थियो।
गत शुक्रबार तोलाको १ लाख ३९ हजार रुपैयाँ पुगेको थियो। बिहीबारका तुलनामा शुक्रबार २ हजार ४ सय बढेर कारोबार मूल्य कायम भएको थियो।
अघिल्लो दिनका तुलनामा २ सय रुपैयाँ घट्दा गत बिहीबार भने प्रति तोला १ लाख ३६ हजार ६ सय रुपैयाँ भएको थियो। बुधबार कारोबार मूल्य तोलाको १ लाख ३६ हजार ८ सय रुपैयाँ थियो।
चाँदी तोलाको १७ सय १५ रुपैयाँ भएको छ। साताको प्रारम्भका तुलनामा तोलामा १५ रुपैयाँ बढेको हो। गत शुक्रबारका तुलनामा ५० रुपैयाँ घट्दा आइतबार कारोबार मूल्य १७ सय रुपैयाँ भएको थियो। बुधबार र बिहीबार तोलाको १ हजार ७ सय रुपैयाँमा स्थिर थियो।
अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिनका तुलनामा सुनचाँदीको कारोबार मूल्य बलियो भएको छ। सोमबार सुन प्रति औंस २३५५.९९ डलरले कारोबार भइरहेको छ। आइतबार २३४४.५३ डलरले कारोबार भएको थियो। सुनको भाउ एक महिनामा ८.३८ प्रतिशत अर्थात् १८१.०८ डलरले बढेको छ।
चाँदी प्रति औंस २८.२१ डलर पुगेको छ। आइतबार २७.९४ डलर थियो। एक महिनामा चाँदीको कारोबार मूल्य ११.५४ प्रतिशत अर्थात् २.८९ डलर बढेको छ।
प्रतिक्रिया