+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आईएमईका क्रेडिट कार्डवाहकलाई ६ हजारमै विदेश भ्रमण!

4KNationalDaily
२०८१ बैशाख ३, सोमबार २०:३७ बजे

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ।

बैंकले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बैंकका क्रेडिट कार्डवाहक ग्राहकहरुलाई यो योजना ल्याएको हो।

आईएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थानहरु अन्नपूर्ण बेस क्याम्प, धार्मिक गन्तव्यको रुपमा स्थापित मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्याड, वाली, दुवई भ्रमणको लागि सहुलियत मूल्यको योजनाहरु ल्याएको छ।

बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम ३ हजार २१० रुपैयाँ र विदेश भ्रमणको लागि ६ हजार रुपैयाँको सरल किस्ताबन्दी योजना ल्याएको हो।

उक्त ग्राहकले आईएमई ट्राभल्समा गई आफूलाई अनुकूल टुर प्याकेज किस्ताबन्दीमा खरिद गर्न सक्नेछन्। साथै, यो योजनामा आवद्ध भई क्रेडिट कार्ड लिन चाहनेलाई बैंकले कार्ड जारी शुल्कमा समेत ५० प्रतिशत छुट मिल्नेछ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily