+
Search

ताजा अपडेट +

पपुलर +

लागु औषध मुद्दामा एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

4KNationalDaily
२०८१ बैशाख ५, बुधबार ११:३७ बजे

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।

लागू औषध मुद्दामा दोषी ठहर भएका लामालाई कैद भुक्तानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई लामालाई पक्राउ गरेर अदालत पेश गर्ने तयारी गरिरहेको छ ।

लामालाई बुधवार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

ब्राउन सुगर मुद्दामा अदालतबाट दोषी ठहर भएर पनि उनी पक्राउ पर्न सकेका थिएनन्। यहीबीचमा उनी एन्फा उपाध्यक्ष बनेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily