+
Search

ताजा अपडेट +

पपुलर +

प्रभु बैंकका ग्राहकलाई ‘स्काइवाक टावर’मा विशेष छुट

4KNationalDaily
२०८१ बैशाख ५, बुधबार १३:१५ बजे

काठमाडाैं– स्काइवाक टावरको टिकट खरिदमा छुट प्रभु बैंक लिमिटेड र वन्डर्स नेपालबिच दुई पक्षीय समझदारी भएको छ ।

समझदारी पत्रमा प्रभु बैंकका प्रमुख मार्केटिङ अफिसर रवीन्द्र ढकाल र स्काइवाकका कार्यकारी निर्देशक पदम प्रसाद न्यौपानेबीच सम्झौता दुई पक्षीय समझदारी भएको हाे ।

दुई पक्षीय समझदारी पछि बैंकका ग्राहक तथा कर्मचारीले याे सुविधा दुई वर्षसम्म उपभोग गर्न पाउनेछन् ।

सम्झौता अनुसार प्रभुका ग्राहक तथा कर्मचारीहरूले कमलादी स्थित वन्डर्सको स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले टिकट खरिद गर्दा प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक देखाउनु पर्ने बैंकले जनाएकाे छ ।

स्काइवाक टावर कुल ७८ दशमलव पाँच मिटर अग्लो छ र यस टावरबाट उपत्यकाको तीन सय ६० डिग्रीमा दृश्यावलोकन गरी मनोरञ्जन लिन सकिन्छ।

प्रभु बैंक नेपालभर ३०२ शाखा कार्यालय, २८५ एटिएम तथा ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय बैंकिङ तथा वित्तीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको बैंक हाे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily