+
Search

ताजा अपडेट +

पपुलर +

सिटिजन्स बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा घरबारविहीनलाई १७ दिन भोजन व्यवस्था

4KNationalDaily
२०८१ बैशाख ६, बिहीबार २०:४३ बजे

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो सत्रौं वार्षिक उत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिइरहेकालाई करिब १७०० जनालाई १७ दिनको भोजनको व्यवस्था गरेको छ ।

बैंकले गत चैत २० देखि २०८१ वैशाख ६ सम्म भोजन व्यवस्था गरेको हो । बैंकले आफ्नो सत्रौं वार्षिक उत्सव वैशाख ७ गते (शुक्रवार) मनाउँदै छ ।

भोटुसइन्दिरा समाज कल्याण संस्थासंगको सहकार्यमा काठमाडौंका जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशाला लगायतका स्थानमा नदी किनार, सडक छेउमा र पुलमुनि बस्ने घरबारविहीन मानिसहरूलाई भोजन वितरण गरेको बैंकले जनाएको छ ।

सन् २०२० मा कोभिड १९ को सुरुवात सँगै सडकमा आश्रित घरबारविहीन व्यक्तिहरूलाई खाना खुवाउने कार्यको थालनी गरेको संस्थाले हालसम्म ३ लाखभन्दा बढीलाई खाना खुवाएको छ भने ५०० भन्दा बढीलाई अन्य सहयोग गरिसकेको बैंकले उल्लेख गरेको छ ।

साथै बैंकले आफ्नो १७ औँ वार्षिकोत्सव को उपलक्ष्यमा बिहीबार कोशी प्रदेशको धरान शाखाबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी करिब १५० जना सेवाग्राहीहरूले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथै आवश्यक औषधीहरू समेत निःशुल्क वितरण गरेको छ ।

साथै आजै धरान शाखा र महेन्द्रचोक शाखा, मधेस प्रदेशको महेन्द्रनगर धनुषा शाखा, बाग्मती प्रदेशको ठिमी, थानकोट, भैंसेपाटी, सामाखुसी, टेकु र नारायणगढ शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा, सुदूरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगर शाखाहरूबाट बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ । देशभर विभिन्न शाखामा गरेको रक्तदान कार्यक्रममा २२२ जना दाताले रक्तदान गरेका छन् ।

हरेक वर्ष बैंकले आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बैंकले जानकारी गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशै भरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ । हाल ६० जिल्लामा बैंकले सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily