काठमाडौं– मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता तथा प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन फाइनान्स फ्रेन्ड प्रालिसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ।
फाइनान्स फ्रेन्ड वित्तीय साक्षरता, बैंकिङ परामर्श, प्रशिक्षण तथा विकासका कार्यक्रम सञ्चालनको क्षेत्रमा प्रतिष्ठित कम्पनी हो।
एक कार्यक्रमका बीच यस समझदारी पत्रमा बैंकका सहायक नायाव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गरुङ र फाइनान्स फ्रेन्डका तर्फबाट अध्यक्ष रमेशप्रसाद जोशीले हस्ताक्षर गरेका छन्।
साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।
त्यसैगरी, प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।
प्रतिक्रिया