+
Search

ताजा अपडेट +

पपुलर +

सार्वजनिक लेखा समितिसंग वीरगन्जका मेयरकाे गुनासाे- संघिय सरकारले बजेटमा विभेद गर्‍याे

4KNationalDaily
२०८१ बैशाख ६, बिहीबार २०:५८ बजे

वीरगन्ज– वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले संघिय सरकारले दिने बजेटमा विभेद गरिएको आरोप लगाएका छन् ।

सार्वजनिक लेखा समितिको संसदीय टोली समक्ष प्रमुख सिंहले वीरगन्ज महानगरपालिकाले भरतपुर महानगरपालिका भन्दा पनि धेरै कम बजेट आइरहेकोले अगामी बजेटमा न्यायोचित बजेट विनियोजन गरिदिन आग्रह गरे ।

उनले भरतपुर महानगरमा ३९० करोड र वीरगन्ज महानगरपालिकाले ११५ करोड मात्र बजेट पाउनु दुखद रहेकोले सार्वजनिक लेखा समितिको ध्यानाकर्षण गराए ।

संघिय सांसद रामकृष्ण यादवले वीरगन्ज माथि भइरहेको विभेद प्रति सार्वजनिक लेखा समितिले संसद्मा छलफल गर्ने तथा सरकारलाई लिखित निर्देशन दिने बताए ।

प्रतिनिधिसभा सार्वजनिक लेखा समिति संघिय सांसद रामकृष्ण यादवको संयोजकत्वमा स्थलगत अनुगमन गर्न वीरगन्ज आएको संसदीय टोलीले स्थानीय तह सित अन्तरक्रिया गरेको थियो ।

अन्तरक्रियामा प्रतिनिधि सभासदस्यहरू रामकृष्ण यादव, अमरेश कुमार सिंह, प्रदीप यादव, देव प्रकाश तिम्सिना, प्रभु हजरा, महानगरपालिकाका प्रमुख सिंह, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल लगायतको सहभागिता थियाे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily