काठमाडौं– चैत मसान्तसम्म आइपुग्दा लक्ष्मी सनराइज बैंकको नाफा २७.७० प्रतिशतले बढेर १ अर्ब ६१ करोड ५९ लाख ३ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिमा १ अर्ब २६ करोड ५३ लाख ४५ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा बैंकको १०३.४९ प्रतिशतले बढेर ८ अर्ब ५३ करोड २७ लाख ६९ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा ११.७८ प्रतिशतले बढेर २ अर्ब २३ करोड १७ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।
चुक्ता पुँजी २३ अर्ब १८ करोड ७१ लाख ५५ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ८४ करोड ९० लख ५० हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ५.४९ प्रतिशत रहेको छ ।
प्रतिसेयर आम्दानी ९ रुपैयाँ २९ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ५९ पैसा रहेको छ ।
त्यस्तै निष्क्रिय कर्जा ५.४९ प्रतिशत छ । गत वर्ष यसै अवधिमा यस्तो कर्जा १.८२ प्रतिशत थियो । सीडी रेसियो ७९.४८ प्रतिशत छ । आधार दर ९.१२ र स्प्रेड दर ४.४१ प्रतिशत छ ।
प्रतिक्रिया