+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ४० हजार नजिक

4KNationalDaily
२०८१ बैशाख ७, शुक्रबार १२:१० बजे

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन प्रतितोला सात सयले उकालो लागेर नयाँ रेकर्ड बनेकाे हाे ।

बिहीबार प्रतितोला एक लाख ३८ हजार छ सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ३९ हजार तीन सय मूल्य निर्धारण भएको छ ।

तेजाबी सुन बिहीबार तोलामा एक लाख ३७ हजार नौ सय ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ३८ हजार छ सय ५० निर्धारण भएको छ ।

त्यस्तै चाँदीको मूल्य भने सामान्य गिरावट भएको छ । बिहीबार प्रतितोला एक हजार सात सय २५ मा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय २० निर्धारण भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily