+
Search

ताजा अपडेट +

पपुलर +

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

4KNationalDaily
२०८१ बैशाख ७, शुक्रबार १३:३५ बजे

काठमाडौं- एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईसामु १ सय २० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

ओमानको अल अमरेत क्रिकेट मैदान टर्फ १ मा यूएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १९ रनको योगफल तयार पारेको हो।

यूएईविरुद्ध खराब ब्याटिङ गरेको नेपालका लागि सन्दीप जोराले अर्धशतक पूरा गरे। ३९ बलमा ४ चौका र २ छक्का मद्दतमा अर्धशतक पूरा गरेका सन्दीप मोहम्मद फारुकको बलमा क्याच आउट भए।

गुल्सन झा २० रन बनाउँदा क्याच आउट हुन पुगे। १६ बलमा १ चौका र १ छक्का हानेका गुल्सन जुनैद सिद्दीकीको बलमा क्याच आउट भए।

करण केसीले १७ रन थपे। १२ बलमा २ छक्का हानेका करण अलि नसिरको बलमा बोल्ड आउट भए।

अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

ओपनर आशिफ शेख ८ रन बनाउँदा आउट भए। चौथो ओभरको तेस्रो बलमा अ‍ोपनर आशिफ एलबीडब्लु धरापमा परे। इनिङस्को पहिलो बलमा नै ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले चौथो ओभरमा अर्का ओपनरलाई गुमाएको थियो।

कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले समान ५ रन बनाउँदै आउट भए। नेपालले चौथो विकेटको रुपमा कुशल मल्ललाई गुमाएका थियो। ५ बलमा ३ रन बनाएका कुशल बसिर अहमदको बलमा बोल्ड आउट भए।

यूएईले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily