+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आइएमई बैंकले तुलसीपुरस्थित मालपोत कार्यालयमा खोल्यो नयाँ एक्सटेन्सन काउन्टर

4KNationalDaily
२०८१ बैशाख ७, शुक्रबार १३:५१ बजे

काठमाडौं- ग्लोबल आइएमई बैंकले दाङको तुलसीपुर उप–महानगरपालिकामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

बैंकले उप–महानगरपालिका-६ स्थित मदनआश्रित चोकमा रहेको मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो। उप–महानगरपालिका प्रमुख टिकाराम खड्काले एक्सटेन्सन काउन्टर उद्‍घाटन गरे।

सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। बैंकका एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर संख्या अब ६८ पुगेको छ।

बैंकका अनुसार नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ, रेमिटेन्स लगायत सेवा उपलब्ध हुनेछन्।

ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily