+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकीमा हरि चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधारकै जिम्मेवारी

4KNationalDaily
२०८१ बैशाख ८, शनिबार १३:२८ बजे

पाेखरा- गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले दुई मन्त्रीको जिम्मेवारी तोकेका छन्। शनिबार बिहान उनले मन्त्रीहरूको जिम्मेवारी तोकेका हुन्।

मुख्यमन्त्री अधिकारीले हरिबहादुर चुमानलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका छन्। चुमान माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन्।

त्यस्तै, राजीव गुरुङ (दीपक मनाङे)लाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनी स्वतन्त्र उम्मेदवारको रुपमा विजयी भएका सांसद सांसद हुन्।

सभामुख कृष्णप्रसाद धिताललाई समेत माओवादी संसदीय दलको सदस्यका हैसियतले दाबी पेस गरेपछि चैत २५ गते खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए ।

एमालेका २२, माओवादीका सभामुखसहित ८ र स्वतन्त्र जितेर एकीकृत समाजवादी प्रवेश गरेका मनाङेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएपछि सोही दिन अधिकारीले ३ सदस्यीय मनित्रपरिषद् गठन गरेका थिए ।

मुख्यमन्त्री अधिकारीले बजेटको तयारी र संसदमा प्रि-बजेट छलफल गर्न पनि बजेटका सिद्धान्त र प्राथमिकता तोक्नका लागि पनि संसद आह्वान गरिएको बताए ।

सरकारको नियमित काम र बजेटको तयारी गर्नकै लागि पनि शनिबारै चुमानलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको हाे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily