+
Search

ताजा अपडेट +

पपुलर +

हामीलाई कसैले कमजोर ठान्ने कुचेष्टा गर्यो भने उथलपुथल हुन्छः माधव नेपाल

4KNationalDaily
२०८१ बैशाख ८, शनिबार १३:४८ बजे

रौतहट– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूलाई कसैले कमजोर ठान्ने कुचेष्टा गर्यो भने देशमा फेरी अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिएका छन्।

आफू देशका ठूला हस्ती राजा विरेन्द्र देखी ज्ञानेन्द्र, गणेशमान देखी कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालादेखी प्रचण्डसम्मलाई सम्मान गरेर आएको नेता भएकोले आफू र आफ्ना पार्टीलाई कसैले कमजोर नठान्न नेता नेपालको चेतावनी दिएका हुन।

गृह जिल्ला रौतहटको गौर नगरपालिका–२ महादेवपट्टिमा शुक्रबार अध्यक्ष माधव नेपालले यस्तो बताएका हुन्।

झोलुङ्गे पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले आफूहरूको आफ्नै स्वाभिमान, पहिचान, मूल्यमान्यता र महत्व रहेकोले हल्कामा नलिन सुझाव दिए।

वर्तमान चार दलीय सत्ता गठबन्धनलाई लक्षित गर्दै उनले भने, ‘हामी कसैको दास होइनौ र कसैको इसारामा चल्ने व्यक्ति पनि होइनौ, त्यसैले यदि हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन वा बेवास्ता गर्यो भने उसलाई ठुलो मूल्य चुकाउनुपर्छ।’ नेता नेपालले अघि थपे, ‘हाम्रो आफ्नै स्वाभिमान र महत्व छ, त्यसैले यो कुरा बुझ्यो भने ठिक छ नत्र सबै उल्टिन्छ र देशमा अर्को उथलपुथल हुन्छ।’

नेकपा एसले सात प्रदेश मध्ये एउटा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाएको बताउँदै उनले भने, ‘त्यहाँ आफ्ना पार्टीका चार जना प्रदेश सांसद छन र ति चारै जना सरकार निर्माणका लागि निर्णायक छन्, हाम्रा प्रदेश सांसदहरू जता जान्छन् उतै सरकार बन्छ, अनि सरकार छाड्यो भने ढल्छ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily