काठमाडौ– नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापन रेशम चौधरीले सोझी र अन्जान रन्जिता श्रेष्ठले स्वार्थी मान्छेको कुरा सुनेको भन्दै गुनासो गरेका छन् ।
शनिवार सामाजिक सञ्जालमा एक स्ट्याटस लख्दै केही स्वार्थी मान्छे आफ्नो र रन्जिताको सम्बन्ध र पार्टीलाई सिद्ध्याउने खेलमा लागेको बताएका हुन् ।
रन्जिता नाउपा अध्यक्ष तथा रेशमकी श्रीमतीसमेत हुन् । ‘मेरो सम्बन्ध र नागरिक उन्मुक्ति पार्टीलाई सिद्ध्याउने खेलमा सहजै खेलेको मैले त बुझेको थिएँ तर, तिमीले बुझेनौँ तिमी सोझी र अन्जान छ्यौ तर, मुडी छ्यौ भनेर नजिकबाट बुझ्नेले त्यसको फाइदा उठाए । शान्त तलाउमा ढुंगा हानेर तरङ्गित बनाउनेहरू सबको पहिचान छ । कसको स्वार्थ कहाँ र के का लागि छ त्यो पनि थाहा छ ।’, उनले लेखेका छन् ।
कैलालीबाट रञ्जितालाई भेट्न आफू काठमाडाैं आउन लागेको उनले जानकारी दिएका छन् । तर, केही स्वार्थी समूहले आफूहरूबिचको संवाद रोक्ने प्रयास गरिरहेको उनले बताए । ‘अहिले म काठमाडाैंमा केवल तिमी भेट्ने उद्देश्यले मात्रै आउँदै छु । केवल २ जनाको मात्रै वार्तालाप होस् । एक आपसमा मन माझौँ । मिल्दा पनि मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ । हाम्रा सन्तान इष्टमित्र सबैलाई आहत भएको छ । यसैमा दुवैको भलाई छ र पार्टीको कल्याण पनि’, उनले भनेका छन् ।
प्रतिक्रिया