+
Search

ताजा अपडेट +

पपुलर +

हिमालयन बैंकको सीईओमा अशोक राणा पुनः नियुक्त

4KNationalDaily
२०८१ बैशाख १०, सोमबार ०९:०९ बजे

काठमाडौं- हिमालयन बैंकको सीईओमा आशोक राणा पुनः नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको बैठकले उनलाई थप ४ वर्षका लागि पुनः नियुक्त गरेको हो।

उनले यस बैंकको नेतत्व गरेको ४ कार्यकाल पुगेको छ। तर बाफिया ऐन कार्यान्वयनमा आएपछि भने दोस्रो कार्यकाल भएको हुनाले कानुनी रुपमा असर गर्दैन।

नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार बैंक वित्तीय संस्थामा एक व्यक्तिले २ कार्यकाल भन्दा बढी सिईओ हुने नपाउने भएपनि बैंक सञ्चालक समितिले राणलाई चौथो कार्यकालका लागी पूनः नियुक्त गरेको हो।

२७ वर्षदेखि बैकिङ क्षेत्रमा कार्यरत उनी १६ वर्षदेखि हिमालयन बैंकको नेतृत्वमा छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily