+
Search

ताजा अपडेट +

पपुलर +

पूर्वाधार निर्माण र परामर्शमा महानगरले गर्‍यो सम्झौता, श्रम बैंकबाट जनशक्ति प्रयोग

4KNationalDaily
२०८१ बैशाख १०, सोमबार २०:४३ बजे

काठमाडौं– निर्माण तथा परामर्श सेवाका लागि काठमाडाैं महानगरपालिका र नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडबीच समझदारी भएको छ।

महानगरपालिकाभित्रका पूर्वाधार निर्माण तथा परामर्श सेवाका लागि सार्वजनिक-सार्वजनिक साझेदारीको अवधारणा अनुरूप आपसी समन्वय र सहकार्यका लागि समझदारीमा हस्ताक्षर भएको हो।

महानगरपालिकाका विभिन्न निर्माण तथा परामर्शका काम, मर्मत सम्भारका काम, आपतकालीन निर्माणका काम, सडक तथा पुलसँग सम्बन्धित निर्माण र मर्मतका काम गरिने सम्झौतामा उल्लेख छ। यस्तै, नियमित मर्मत सम्भार, भवन निर्माण र पुनःनिर्माणका काम सहमति अनुरुप काम गरिने छ।

कामको प्राथमिकता क्रम महानगरपालिकाले निर्धारण गर्ने छ।

कार्यप्रणाली संयुक्त रुपमा तयार पारिने छ। यसको वित्तीय दायित्व महानगरपालिकाले बहन गर्ने छ। काममा महानगरको श्रम बैंकबाट कम्तीमा २० प्रतिशत जनशक्ति प्रयोगमा ल्याइने छ।

कम्पनी नेपाल सरकारको स्वामित्व भएको संगठन हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily