+
Search

ताजा अपडेट +

पपुलर +

विभिन्न अड्चनले बर्दिबासकाे विकासलाई अगाडि बढाउन सकिएन : मेयर क्षेत्री

4KNationalDaily
२०८१ बैशाख ११, मंगलवार १०:४७ बजे

महोत्तरी– बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले नगरमा विकासको गतिलाई अगाडि बढाउन नसकिएको स्वीकार गरेका छन् ।

सडक सञ्जालमा पुराना ठेक्काका काम, ढलान र स्तरोन्नति बाहेक दुइ वर्षसम्म नगर लयमा अगाडि बढ्न नसकेको आरोप लागिरहेको वेला नगरप्रमुख क्षेत्रीले विकासमा ग्रहण लागेको बताए ।

मधेश प्रदेश सरकारका नवनियुक्त दुई मन्त्री भरत प्रसाद साह र शारदादेवी थापालाई बधाई तथा शुभकामना दिन आयोजना गरेको एक कार्यक्रममा बोल्दै विकासको गतिमा बाधा र अन्धकार लागेको प्रतिक्रिया दिए ।

‘बर्दिबासको विकास अन्य ठाउँको तुलनामा पछि परेको छ । यसको पछाडि विभिन्न वाधा र व्यवधान खडा भएका छन्, यसको लागि दुई मन्त्रीले नेतृत्व लिनुपर्छ,’ उनी भन्छन् ‘म आफै पनि यसलाई छिचोलेर अगाडि बढिरहेको छु ।’

उनले विकासमा के कारणले ग्रहण लागेको भन्ने विषयमा नखुलाएपनी केही अवरोध कै कारण विकास हुन नसकेको स्वीकार गरे। विकासमा अवरोध सिर्जना गर्न केही मानिसहरू लागेको र विकासलाई सकारात्मकता ग्रहण गर्न उनले आग्रह गरे ।

तर, वाधा र विरोध आएपनी आफू विचलित नभएको र विकासलाई गति दिन प्रयासरत रहेको बताउँछन् ।

नगरप्रमुख क्षेत्रीले निर्वाचित भएको केही महिनादेखि नै विकासमा ग्रहण र बादल लागेको बताए। अपेक्षित विकास नभएको भन्दै सामाजिक सञ्जालबाट बाक्लै आलोचना सुरु हुन थालेपछि उनले उहीं पुरानो वाक्यलाई पुनरावृत्ति गराएका छन् ।

अन्य क्षेत्रको तुलनामा बर्दिबासको विकास नभएको स्वीकार गरेका उनले यसभित्रको किचलो र अड्चनलाई दुई मन्त्रीले नै हटाउनेमा विश्वास व्यक्त गरे । तर, ती दुइ काे हुन्, उनले खुलाउन चाहेनन् ।

विकासको काममा जस लिनेहरूप्रति समेत व्यङ्ग्य गर्दै उनले यसले राम्रो सन्देश जाने बताए।

संघ, प्रदेश, स्थानीय सरकारमा जसले नेतृत्व गरेपनी विकासमा भने साझा धारणा बनाउनुपर्नेमा उनकाे जाेड थियाे ।

याे पनि,

आफैले बनाएका शर्त उल्लङ्घन गर्दै बर्दिबास नगरपालिकामा ‘अबैध दोहन’

बर्दिबासमा भू-माफियाहरूको चलखेल, विद्यालयको जग्गा अतिक्रमण

बर्दिवास नगरपालिकाले क्रसर व्यवसायी बिरूद्द हालेकाे मुद्दा लम्बेकाे लम्बेइ

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily