+
Search

ताजा अपडेट +

पपुलर +

चंखेलीका तत्कालीन निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा दायर

4KNationalDaily
२०८१ बैशाख १३, बिहीबार १८:४८ बजे

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ ।

अख्तियारले निमित्त प्रशासकीय अधिकृत विष्णु बहादुर शाही, इन्जिनियर रुद्र बहादुर वली, असिस्टेन्ट इन्जिनियर हर्कधन बुढाले सडक निर्माणको कामको क्रममा काम भएको भन्दा बढी मुल्यांकन गरी २ लाख २२ हजार ५०३ भुक्तानी लिएको आरोप लगाएको छ ।

साथै अख्तियारले उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाया, सचिव धनपति ऐडी र कोशाध्यक्ष पुनी ऐडी तथा चंखेली गाउँपालिका वडा नम्बर ३ का तत्कालीन वडा अध्यक्ष शालिग्राम ऐडीलाई समेत यस प्रकरणमा आरोपी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily