+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाको साधना लघुवित्त र तनहुँको सबैको लघुवित्तबीच मर्जर गर्ने सम्झौता

4KNationalDaily
२०८१ बैशाख १३, बिहीबार २०:०३ बजे

काठमाडौं– साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर हुने सम्झौता भएको छ। दुवै संस्थाबीच मर्जर हुने अन्तिम सम्झौतामा बुधबार हस्ताक्षर भएको हो।

साधना लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपाने र सबैको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेले मर्जर सम्बन्धी सझौतामा हस्ताक्षर गरेका हुन्।

सबैकोको लघुवित्तको केन्द्रीय कार्यलय तनहुँको डुम्रेमा रहेको छ, भने साधनाको केन्द्रीय कार्यलय गोरखाको हरमटारीमा रहेको छ।

नेपाल राष्ट बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत प्रोत्साहन गरि लघुवित्तको संख्या घटाउने नीति लिएको छ।

हाल लघुवित्त संस्थाहरको संख्या ५५ झरेको छ। गत असारमा ५७ वटा लघुवित्त संस्था थिए। अन्य केही लघुवित्तहरुले पनि मर्जरको तयारी गरिरहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily