काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडका सहायक महाप्रबन्धक अर्जुन राज खनियाँ सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका छन् ।
सञ्चालक समितिको बैठकले सहायक महाप्रबन्धक पदमा कार्यरत रहेका खनियाँलाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको हो ।
सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका उनले बैंकका विभिन्न शाखाहरु, विभागहरु एवम् इकोसिस्टमहरुमा काम गरी २० वर्ष भन्दा लामो अनुभव संगालेका छन् ।
सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियासँग बैंकका विभिन्न शाखाहरु, विभागहरु एवम् इकोसिस्टमहरुमा काम गरेको २० वर्षभन्दा लामो अनुभव छ ।
सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरिक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेका उनी सन् २०१० मा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रुपमा नियुक्त भएका थिए ।
तत्पश्चात एनआईसी एशिया बैंकका विभिन्न विभाग तथा इकोसिस्टमहरुमा प्रमुखको रुपमा नेत्तृत्वदायी भुमीकामा रही काम गरेका खनिया बैंकको सूचना अधिकारी पनि हुन् ।
प्रतिक्रिया