+
Search

ताजा अपडेट +

पपुलर +

असुरक्षित बन्दै नबिल बैंक, वीरगञ्जबाट चोरियो एक करोड ३४ लाख

4KNationalDaily
२०८१ बैशाख १८, मंगलवार २०:४२ बजे

वीरगञ्ज– नबिल बैंकको वीरगञ्जको बाइपास रोडमा रहेको शाखाबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको छ । बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय, पर्सामा एक करोड रुपैयाँ बढी चोरी जाहेरी दिएको छ ।

आइतबार राति बैंकको ताल्चा फुटाई चोर भित्र प्रवेश गरेका थिए । प्रहरीका अनुसार वेल्डिङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको छ ।

प्रहरी नायव उपरीक्षक कुमा विक्रम थापाले चोरले टिनको बाकस फुटालेर एक सय र बीस रुपैयाँको नोट चोरी गरेको बताएका छन् । ‘बैंकको भल्ट सुरक्षित नै छ,’ थापाले भने, ‘सय र बीसको नोट राखिएको टिनको बक्सा काटेर पैसा चोरी भएको देखिएको छ ।’

प्रहरीका अनुसार चोरले ४-५ वटा बोरामा हालेर पैसा लगेका छन् । बैंकको ताल्चा फुटाएका चोरले चोरी गरी फर्किने क्रममा गेटमा नयाँ ताल्चा लगाइदिएका थिए । सोमबार बिहान बैँकको गार्डले ताल्चा खोल्दा नयाँ ताल्चा लगाइएको पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीको रोहबरमा नयाँ ताल्चा खोलेर बैंक भित्र प्रवेश गर्दा पैसा चोरी भएको पाइएको थियो ।

सोमबार चोरी भएको पैसा यकिन गरी बैंकले प्रहरीमा जाहेरी दिएको हो ।

डिएसपी थापाका अनुसार प्रहरीले बैंकमा भएको चोरीको घटनाको सम्बन्धमा अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily