+
Search

ताजा अपडेट +

पपुलर +

एभरेष्ट बैंकको चौथो एक्सटेन्सन काउन्टर कपिलवस्तुको पकडीमा, मंगलबारदेखि सञ्चालनमा

4KNationalDaily
२०८१ बैशाख १८, मंगलवार २१:१३ बजे

काठमाडौं– एभरेष्ट बैंकले कपिलवस्तुको मायादेवी गाउँपालिका-१, पकडीमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंकले तौलिहवा शाखा कार्यालय मातहतमा रहने गरी मंगलबारदेखि एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो।

उक्त एक्स्टेन्सन काउन्टरको लुम्बिनी प्रदेश सभा सदस्य मधुसुदनशरण चौधरी र बैंकका लुम्बिनी प्रादेशिक प्रबन्धक लव प्रसाद कुइँकेलले उद्‍घाटन गरे।

कुइँकेलले पकडी र आसपासका बासिन्दालाई गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्न एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको बताए। बैंकको यो चौथो एक्सटेन्सन काउन्टर हो।

एक्स्टेन्सन काउन्टरमा सुरुवाती ३ महिनाका लागि न्यूनतम १०० रुपैयाँ मौज्दातमा साधारण बचत खाता, २ हजार ५०० रुपैयाँ मौज्दातमा चल्ती खाता र १ हजार २५० रुपैयाँ मौज्दातमा नारी बचत खाता खोल्न पाउने अफर रहेको बैंकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

पन्जाब नेसनल बैंक भारतसंग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरूको पहिलो रोजाइको बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२८ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६४ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily