+
Search

ताजा अपडेट +

पपुलर +

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

4KNationalDaily
२०८१ बैशाख २१, शुक्रबार १८:३४ बजे

काठमाडौं– सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको पुरानो नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ नोटको डिजाइन गर्न स्वीकृति दिएको छ।

मन्त्रिपरिषद्को बैठकले सय रुपैयाँ नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। यसभन्दा पहिला सय रुपैयाँको नोटमा नेपालको पुरानो नक्सा थियो।

त्यस्तै सरकारले विश्व बैंकबाट उपलब्ध हुने सय मिलियन अमेरिकी डलर (झन्डै १३ अर्ब ३३ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने, सिम्बुवा खोला जलविद्युत् आयोजनाका लागि झन्डै १२ दशमलव ३६ हेक्टर जग्गा प्राप्त गर्ने सम्बन्धी प्रक्रिया चलाउन अधिकारी तोक्ने, नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच न्यायिक सहयोगको क्षेत्रमा सम्पन्न हुने समझदारी पत्र स्वीकृत गर्ने र समझदारी पत्रमा हस्ताक्षर गर्न सर्वोच्च अदालतका मुख्य रजिस्टार वा रजिस्टारलाई स्वीकृति दिने, भारतमा चलिरहेको लोकसभा चुनावको अवलोकनका लागि भोलिदेखि २७ सम्म हुन लागेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भारत भ्रमण स्वीकृत गर्नेलगायतका निर्णय गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily