+
Search

ताजा अपडेट +

पपुलर +

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

4KNationalDaily
२०८१ बैशाख २२, शनिबार १९:३२ बजे

काठमाडौं– भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ । प्याजको उत्पादन बढेपछि भारतले यस्तो निर्णय गरेको हो ।

भारतले आजबाट प्याज निकासीमा लगाइएको सबै प्रतिबन्ध हटाइएको वाणिज्य मन्त्रालयले जानकारी दिएको छ ।

यो वर्ष भारतमा प्याज उत्पादन बढेको र अझै बढी उत्पादन हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।

सरकारी अनुमान अनुसार २०२४ को यस सिजनमा १९१ लाख टन प्याज उत्पादन भएको थियो भने भारतमा प्रतिमहिना औसत १७ लाख टन प्याज खपत हुने गरेको बताइएको छ ।

सरकारले सन् २०२३ को डिसेम्बरमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतमा प्याज निर्यातमा प्रतिबन्धका कारण मूल्य नियन्त्रणमा आएको थियो ।

निकासी प्रतिबन्ध बढेपछि व्यापारी र किसानहरू विशेष गरी महाराष्ट्रका किसानहरूले निर्यात प्रतिबन्ध हटाउन माग गर्दै आएका छन्। यसबाट किसानले राम्रो मूल्य पाउन सघाउने उनले बताए ।

अब मे ७ मा लोकसभा चुनावको तेस्रो चरणको मतदान हुन लागेको बेला सरकारले प्रतिबन्ध फुकुवा गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily