+
Search

ताजा अपडेट +

पपुलर +

वडा कार्यालयको प्राङ्गणमा स्वर्गीय रिजालको शालिक

4KNationalDaily
२०८१ बैशाख २९, शनिबार ११:२१ बजे

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नं. १६ को वडाध्यक्ष पदमै रहेका बेला निधन भएका मुकुन्द रिजालको शालिक अनावरण भएको छ । वडाको प्राङ्गणमा राखिएको शालिक आज अनावरण गरिएको हो ।

दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरस निमोनिया) भएकोले रिजाललाई ०८० भदौ १७ गते आइतबार दिउँसो १ बजे सघन उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा एक्युट रेस्पिराटोरी डिस्ट्रेस डिन्ड्रोम (एआरडीएस) भएर रिफ्याक्टोरी स्पेटिक सक-एक्युट किड्नी इन्ज्युरी भएर भदौ २१ गते निधन भएको थियो ।

रिजाल अघिल्लो कार्यकालमा पनि यसै वडाको वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । स्पष्ट वक्ताका रुपमा परिचित रिजाल कार्यपालिकाअन्तर्गतको पूर्वाधार समितिको संयोजक थिए ।

वडाले करिब ८ लाख रुपैयाँ लागतमा रिजालको शालिक निर्माण गरेर अनावरण गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily