+
Search

ताजा अपडेट +

पपुलर +

स्टार्टअप व्यवसाय गर्न कम्तिमा १ हजार युवालाई सहुलियतपूर्ण ऋण दिइने

4KNationalDaily
२०८१ जेष्ठ १, मंगलवार १६:१३ बजे

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा १ हजार युवालाई सहुलियत कर्जा दिने भएको छ । नयाँ नवप्रवर्तन उद्योगलाई प्रवर्द्धन गर्नका लागि सो कर्जा दिन लागेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत कम्तिमा १ हजार युवालाई स्टार्टअप व्यवसाय गर्न सहुलियतपूर्ण ऋण दिने भनिएको हो।

सरकारले स्टार्टअप व्ययवसाय गर्नेलाई सहुलियतपूर्ण ऋण दिने भनेको यो पहिलो पटक होइन। नीति तथा कार्यक्रम र बजेटमार्फत वर्षेनि यस्तो घोषणा गरिएपनि कार्यान्वयन गरिएको छैन।

नीति तथा कार्यक्रममार्फत १ हजार लघु तथा घरेलु उद्यमीलाई ब्याजमा अनुदान दिने घोषणा सरकारले गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily