+
Search

ताजा अपडेट +

पपुलर +

बिहीबार तनावकाबीच स्थगित संसद् बैठक आज बस्दै

4KNationalDaily
२०८१ जेष्ठ ४, शुक्रबार ०७:५६ बजे

काठमाडौं-  बिहीबार धक्कामुक्की भएपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) पनि बस्दैछ। सभामुख देवराज घिमिरेले आज बिहान ११ बजेका लागि बैठक बोलाएका छन्।

बिहीबारको बेठकमा सत्तारुढ एमाले र प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदबीच संसद्‍मा भनाभन र धकालाधकेल भएपछि बैठक तनावकाबीच स्थगित भएको थियो। हिजोको बैठकमा तनावपूर्ण अवस्था सिर्जना हुनुमा कांग्रेस र एमालेका नेताले एकअर्कालाई दोष थोपरेका छन्।

हिजोको बैठक सुरु हुनासाथ कांग्रेसका सांसदले नाराबाजी सुरु गरेका थिए। कांग्रेसको नाराबाजीकाबीच सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाउँदै राष्ट्रपति कार्यालयबाट प्राप्त केही पत्रहरू पढेर सुनाएका थिए।

त्यसपछि उनले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आफूबारे उठेका प्रश्नका बारेमा जवाफ दिन समय दिएपछि कांग्रेस सांसद थप आक्रोशित बनेका थिए।

यस सम्बन्धमा गृहमन्त्री लामिछानेले संसदमा बोल्न समय मागे पनि कांग्रेसले उनलाई बोल्न नदिने गतिविधि गर्दै आएको छ।

कांग्रेसले सहकारी ठगि प्रकरणमा संसदीय समितिको माग राख्दै संसदको अवरोध जारी राख्ने बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily