+
Search

ताजा अपडेट +

पपुलर +

गोरखामा पौडी खेल्ने क्रममा दुई किशोरको मृत्यु

4KNationalDaily
२०८१ जेष्ठ ५, शनिबार ०८:५५ बजे

गाेरखा- गोरखाका छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार दुई किशोरको मृत्यु भएको छ।

सिरानचोक गाउँपालिका-१ बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर स्थाय १६ वर्षाीय मेष तामाङको मुत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरी शुक्रबारै गोरखा नगरपालिका-१० छेवेटारस्थित दरौदी नदीमा पौडी खेल्ने क्रममा अर्का किशोरको पनि मृत्यु भएको छ।

झापाको कमल गाउँपालिका-५, पाडाजुङ्गे घर भएका १८ वर्षीय समीर श्रेष्ठको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily