+
Search

ताजा अपडेट +

पपुलर +

गाउँपालिकाको सामाजिक सुरक्षा भत्तामा ९ करोड भ्रष्टाचार भएको आरोप

4KNationalDaily
२०८१ जेष्ठ ५, शनिबार ०९:४३ बजे

काठमाडाैं– कैलालीको जानकी गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार भएको खुलासा गरेको छ ।

अभियन्ताहरूले जानकी गाउँपालिका–९ मा एउटै नागरिकताबाट दोहोरो परिचय पत्र बनाएर र मृत्यु भइसकेको मानिसहरूको नाममा सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार भएको उनीहरूले बताएका छन् ।

सामाजिक अभियन्ता, भ्रष्टाचारविरुद्धको अभियानका संयोजक कृष्ण सोडारीले वडाध्यक्ष खगेन्द्र भण्डारी र वडा सचिव प्रेमबहादुर बुढाको मिलेमतोमा ९ करोड बढी भ्रष्टाचार भएको आरोप लगाएका हुन ।

आर्थिक वर्ष २०७४/०७५ देखि ०७७/०७८ सम्मको अवधिमा अनियमितता भएको उनीहरूको आरोप छ । अभियन्ता भण्डारीले वडाध्यक्ष भण्डारी र वडा सचिव बुढाले ४६५ जना नक्कली सेवाग्राही खडा गरेर भ्रष्टाचार गरेको आरोप लगाए ।

उनले सामाजिक सुरक्षा भत्तामा भएको भ्रष्टाचारबारे आफूहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरमा ०७९ साउन १० मा उजुरी दिए पनि प्रभावकारी छानबिन नभएको गुनासो पोखे ।

२०७४ को स्थानीय तह निर्वाचनमा निर्वाचित भएको वडाध्यक्ष भण्डारी ०७९ को निर्वाचनमा पनि दोहोरिएका छन् । सो बेलादेखि वडा सचिव बुढा अहिलेसम्म सोही वडामै कार्यरत छन् ।

त्यसै गरी, अभियन्ता युवराज पौडेल, हेमबहादुर खड्का, रामहरि दाहाल, भक्त बहादुर विकलगायतले उक्त भ्रष्टाचार प्रकरणको सत्यतथ्य छानबिन गरेर दोषीउपर कानुनी कारबाही हुनुपर्ने बताए । दोषीमाथि कारबाही नभएसम्म आफूहरू निरन्तर लागिरहने पनि उनीहरूले प्रतिबद्धता व्यक्त गरे ।

यस विषयमा वडाध्यक्ष भण्डारीसँग प्रतिक्रिया लिँदा उनले उक्त आरोप अस्वीकार गरे ।

उनले अभियन्ता सोडारी स्थानीय तह निर्वाचनको प्रतिस्पर्धी रहेका पनि खुलासा गरे । सोडारीले पराजयको विक्षिप्त मानसिकता देखाइरहेको समेत वडा अध्यक्ष भण्डारीले बताए ।

‘यो आरोपमा कुनै सत्यता छैन । सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण भइरहेको छ । बैंकमा मृत्यु भइरकेका मानिसहरूको खाता खोल्न सम्भव छ र ? यो राजनीतिक पूर्वाग्रहको उपज हो,’ वडाध्यक्ष भण्डारीले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily