+
Search

ताजा अपडेट +

पपुलर +

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय

4KNationalDaily
२०८१ जेष्ठ ६, आईतवार १२:११ बजे

काठमाडौं- विपक्षी दलहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको छ ।

संसद भवनमा बसेको बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्न दिने निर्णय गरेको कांग्रेस नेता अर्जुनरसिंह केसीले जानकारी दिएका छन् ।

बाहिर कांग्रेसले गृहमन्त्रीलाई बोल्न नदिएको भाष्य निर्माण भएको भन्दै उनले आजको संसदको बैठकमा बोल्न दिने बताए ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखक भन्छन्, ‘गृहमन्त्रीले बोल्नका लागि धेरै दिनदेखि समय माग्नु भएको छ, सभामुखले बोल्न दिनुभयो भने हामी सुन्न तयार छौं ।’

समिति नबन्दै गृहमन्त्रीले बोल्न चाहे सभामुखले कार्यसूचीमा राखेर नभई प्रारम्भमा बोल्न दिनुपर्ने उनीहरुको अडान छ । ‘आज ७ नम्बरमा राखेको छ । तर, हामीले चाहेको कार्यसूची अन्तरगत होइन,’ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘प्रारम्भमा नै बोल्न दिनुभयो भने हाम्रो तर्फबाट कुनै बाधा हुँदैन ।’

सूर्यदर्शनलगायतका सहकारीको रकम अपलचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ ।

बिहीबार सभामुखले विपक्षीको नाराबाजीका बीच संसद अगाडि बढाउन खोजेपछि कांग्रेसले जसपा नेपाल, राप्रपा, लोसपालगायतका विपक्षी दलहरुको समेत सात खोजेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily