+
Search

ताजा अपडेट +

पपुलर +

गृहमन्त्रीले फाइल खोलिदिउँ भन्ने होइन, खोल्ने र अनुसन्धान गर्ने हो : गगन थापा

4KNationalDaily
२०८१ जेष्ठ ६, आईतवार २०:४२ बजे

काठमाडौं– कांग्रेस महामन्त्री गगन थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आज संसदमा टेलिभिजन प्रस्तोता जसरी प्रस्तुत गरेको टिप्पणी गरेका छन् । आज संसद वैठक स्थगन भएलगत्तै पत्रकार सम्मेलन गर्दै थापाले लामिछानेको अभिव्यक्तिको आलोचना गरे ।

गृहमन्त्रीले सांसदलाई र देशको नागरिकलाई बहकाउन खोजेको थापाको आरोप छ । आज गृहमन्त्रीले बोलेपछि आफूहरुले बोल्न नपाएकाले पत्रकार सम्मेलन गरेको उनले बताए ।

उनले भने, ‘सरकारमा बस्नेले अनुसन्धान गर्छु भन्नुपर्नेमा उपप्रधान तथा गृहमन्त्रीजस्तो जिम्मेवार पदमा रहेका लामिछानेले संसदीय समिति बनाउनु नहुने भनेर निरिहता प्रदर्शन गर्नुभयो ।’

महामन्त्री थापाले आज गृहमन्त्रीको प्रस्तुतिले उनी टेलिभिजन प्रस्तोता हुन् कि गृहमन्त्री भनेर अन्योल भएको बताए । थापाले भने, ‘टेलिभिजन प्रस्तोता हुँदा उहाँले प्रश्न सोध्नुहुन्थ्यो । विषयहरू उठाउनु हुन्थ्यो । आज त्यही गर्नुभयो । गृहमन्त्रीको काम यो हाेइन ।’

महामन्त्री थापाले अगाडि भने, ‘गृहमन्त्रीले तेरो फाइल खोलिदिउँ, तेरो अनुसन्धान गरिदिउँ, भन्दै चर्किने होइन । धमाधम फाइल खोल्ने, अनुसन्धान गर्ने र दोषी भए कारबाही गर्ने हो ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily