+
Search

ताजा अपडेट +

पपुलर +

इन्भेस्टमेन्ट मेगा बैंककाे कर्मचारी र पशुपति विकास कोषका काेषाध्यक्ष नै भेटी चाेरीमा संलग्न !

4KNationalDaily
२०८१ जेष्ठ ८, मंगलवार १०:३२ बजे

काठमाडौं- पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी र इन्भेस्टमेन्ट मेगा बैंकका कर्मचारी नै भेटी चाेरीमा संलग्न रहेको पाइएकाे छ । काेषका कोषाध्यक्ष सुवेदीको ठाडो निर्देशनमा र मेगा बैंकका कर्मचारीकाे सहयाेगमा आठ जना दर्शनार्थीले चढाएको नगद भेटी चोरी गर्दागर्दै रंगेहात पक्राउ परेका हुन्।

पशुपति क्षेत्र विकास कोषका सातसहित आठ जनालाई प्रहरीले जेठ ७ गते सोमबार पक्राउ गरेको हो। पशुपति क्षेत्र विकास कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षबाट कर्मचारीले नै भेटी लुकाएर लैजाने गरेको खुलेको छ। कोषको नेतृत्वले महानगरीय प्रहरी वृत्त गौशालाको टोली बोलाएर आठै जनालाई अनुसन्धानका लागि जिम्मा दिइएको छ।

प्रहरी वृत्त गौशालाका डिएसपी केशवराज थेबेका अनुसार कोषका तर्फबाट भेटी चोरी भएको जानकारी पाएपछि गएको प्रहरी टोलीले त्यसमा संलग्नलाई अनुसन्धानका लागि प्रहरीको जिम्मा दिएको बताए । ‘अनुसन्धान हुँदैछ,’ उनले भने।

पशुपतिनाथ मन्दिरबाट दैनिक तीन लाखदेखि तीन लाख ५० हजार रुपैयाँसम्म भेटी संकलन हुन्छ । कोषका प्रवक्ता रेवतिरमण अधिकारीका अनुसार संकलित भेटी नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको बत्तीसपुतली शाखाका कर्मचारीले मन्दिर परिसरमै जम्मा गर्ने गरेका थिए ।

उनका अनुसार पक्राउ परेका अभियुक्तले ज्याकेटमा लुकाएर रकम लाने गरेको सीसीटीभी फुटेजमा देखिएको छ । भेटी संकलनको जिम्मेवारी नवराज ढोडारीले हेर्दै आएका थिए । तर, कोषाध्यक्ष सुवेदीले आर्थिक नियमावलीविपरीत बाजा बजाउने कर्मचारीलाई खटाएको कोषले बताएको छ ।

पशुपतिनाथ मन्दिरबाट दैनिक तीन लाखदेखि तीन लाख ५० हजार रुपैयाँसम्म भेटी संकलन हुन्छ । कोषका प्रवक्ता रेवतिरमण अधिकारीका अनुसार संकलित भेटी नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको बत्तीसपुतली शाखाका कर्मचारीले मन्दिर परिसरमै जम्मा गर्ने गरेका थिए ।

उनका अनुसार पक्राउ परेका अभियुक्तले ज्याकेटमा लुकाएर रकम लाने गरेको सीसीटीभी फुटेजमा देखिएको छ । भेटी संकलनको जिम्मेवारी नवराज ढोडारीले हेर्दै आएका थिए । तर, कोषाध्यक्ष सुवेदीले आर्थिक नियमावलीविपरीत बाजा बजाउने कर्मचारीलाई खटाएको कोषले बताएको छ ।

पक्राउ परेका अनिल परियारले कोषाध्यक्ष सुवेदीले नै आफूहरूलाई नै पैसा संकलन गर्न र लुकाएर ल्याउन खटाएको बयान प्रहरीलाई दिएका छन् । उनले परियारले सुवेदीकै निर्देशनमा दैनिक तीन हजारदेखि १५ हजारसम्म लिने गरेको बयान प्रहरीसमक्ष दिएका छन् ।

पक्राउ परेका परियारले कोषाध्यक्षले ज्याकेट लगाएर आउनू भन्ने र रकम संकलनपछि लुकाएर आफ्नो जिम्मा लगाउन भन्ने गरेको बयान दिएका छन् । ‘सीसीटीभी छ, हामी यस्तो काम नगर्ने भन्दा केही हुँदैन, कसैले देख्दैन गर भन्नुभयो, अनि गरेको,’ उनले बयानमा भनेका छन् ।

कोषाध्यक्ष सुवेदीले भने भेटी चोरीको विषय आफूलाई थाहै नभएको बताए । उनले भने, ‘कहिले, कहाँ चोरी भएको रहेछ ? मलाई थाहै छैन ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily