+
Search

ताजा अपडेट +

पपुलर +

नारायणकाजीको सम्पत्ति विवरण : प्रचण्डले दिएको गाडी, गोरखाको सबै जग्गा पार्टीलाई

4KNationalDaily
२०८१ जेष्ठ ८, मंगलवार १६:३६ बजे

काठमाडौं- उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफसँग जम्मा १ लाख नगद सम्पत्ति रहेको विवरण बुझाएका छन्। गोरखामा रहेको पैत्रिक जग्गा पार्टीलाई बुझाएको घोषणा यसअघि नै गरेको उल्लेख गर्दै उनले सो जग्गा प्रक्रियामा रहेको पनि बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बुझाएको सम्पत्ति विवरणमा श्रेष्ठले नगद एक लाख रहेको खुलाएका छन्।

‘गोरखा सिरानचोक वडा नम्बर ८ जाैबारीमा ३७ रोपनी ३२ आना भन्दा बढीको जग्गा ०५८ सालमा पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरेको र त्यो प्रक्रियामा रहेको,’ श्रेष्ठले बुझाएको सम्पत्ति विवरणमा भनिएको छ, ‘राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा १ लाख २२ हजार ९१८ नगद मौज्जाद रहेको छ।’

त्यस्तै, उनले आफूसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रयोगका लागि दिएको बा १० च ५७९८ नम्बरको महिन्द्रा गाडी रहेको उल्लेख गरेकाे  र सो गाडीको खरिद मूल्य र खरिद मिति आफूलाई थाहा नभएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily