काठमाडौं– शिक्षामन्त्री सुमना श्रेष्ठ नगदका आधारमा धनी देखिएकी छन्। उनले आफ्नो नाममा विभिन्न बैंकमा ७ करोड रुपैयाँभन्दा बढी रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन्।
उनका अनुसार साढे ५ करोड रुपैयाँभन्दा बढी रकम विदेशी बैंकमा छ। पति पावल लुकास स्काविन्सकीले आफ्नो नाममा विदेशी बैंकमा १ लाख ८९ हजार ७०० अमेरिकी डलर (२ करोड ५२ लाख ३० हजार रुपैयाँ) र १ लाख ८० हजार पाउन्ड (३ करोड ४ लाख २० हजार रुपैयाँ) जम्मा गरिदिएको श्रेष्ठले उल्लेख गरेकी छन्।
यस्तै एनआइसी एसिया बैंकमा १ करोड १५ लाख र एभरेष्ट बैंकमा ३७ लाख रहेको तथा त्यो रकम पारिश्रमिकबापतको भएको उनको भनाइ छ।
नगद धेरै देखिएकी उनको नाममा घर भने छैन। काभ्रेको पनौतिस्थित रयालेमा ८ रोपनी जग्गा रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेकी छन्।
विवरण अनुसार उनीसँग ११ तोला सुन, सय तोला चाँदी, हिराको सेट एउटा र हिराको टप एक सेट छ।
प्रतिक्रिया