+
Search

ताजा अपडेट +

पपुलर +

कान्तिपुर कार्यालयबाट कैलाश सिरोहिया पक्राउ, जनकपुर लैजाने तयारी

4KNationalDaily
२०८१ जेष्ठ ८, मंगलवार १८:४३ बजे

काठमाडौं– कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले सिरोहियालाई पक्राउ गरेको हो ।

दोहोरो नागरिकतासम्बन्धी कसुरमा धनुषा जिल्ला अदालतले सिरोहियालाई पक्राउ गर्न आज बिहान प्रहरीलाई अनुमति दिएको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीसहितको टोली सादा पोशाकमा थापाथलीस्थित पब्लिकेसन्सको कार्यालय पुगेका थिए । त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई आफैं पुगेका थिए ।

सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।

उनलाई मंगलबार नै धनुषाको जनकपुर लैजाने तयारी प्रहरीको छ ।

सिरोहियाले भने सहकारीको वचत रकम हिनामिनाका विषयमा निरन्तर रिपोर्टिङ गरेकाले गृहमन्त्री रवि लामिछानेले प्रतिशोधपूर्ण व्यवहार गरेको प्रतिक्रिया दिएका छन् ।

गृहमन्त्री लामिछानेले दुई वटा पासपोर्ट प्रयोग गरेको पुष्टि भएकाले उनलाई पनि वारेन्ट जारी हुनुपर्ने बताए। उनले सरकार निरकुंशतातर्फ अघि बढेको र नवअधिनायकवादको रुपमा लिएको बताएका छन्।

‘नवअधिनायकवाद जो देखिएको छ, म यसको अन्तिम सम्म लडाईं लड्छु,’ उनले भनेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily