गोरखा- जिल्लाका एघार स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु गोरखा नगरपालिमा भएको पाइएको छ । आर्थिक वर्ष ०७९/८० को लेखापरीक्षण प्रतिवेदन अनुसार गोरखा नगरपालिकाको सबैभन्दा बढी बेरुजु रहेको विवरण सार्वजनिक भएको हो ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदन अनुसार सबैभन्दा कम बेरुजु सिरानचाेक गाउँपालिकाकाे रहेकाे छ । सिरानचोकको बेरुजु रकम शून्य दशमलव ३४ प्रतिशत रहेको छ । सो पालिका अहिले नेपाली कांग्रेसका ज्ञानेन्द्र गुरुङले कमान्ड गरिरहेका छन् । उपाध्यक्षमा दोस्रो पटक कांग्रेसकै रीता देवकोटा छिन् ।
विवरण अनुसार, गोरखाका पालिकामध्ये सबैभन्दा धेरै बेरुजु गोरखा नगरपालिकामा रहेको महालेखाले सार्वजनिक गरेको विवरणमा छ । गोरखाको बेरुजु १ दशमलव ५७ प्रतिशत रहेको पाइएको छ । उक्त पालिका अहिले नेकपा माओवादी केन्द्रका कृष्ण बहादुर राना मगर मेयर छन् भने नेपाली कांग्रेसकी मसलीमाया थोकर पुन उपमेयर छिन्।
अजिरकोट गाउँपालिकाको बेरुजु ० दशमलव ५४ प्रतिशत रहेको छ । यो पालिकाको नेतृत्व माओवादी केन्द्रका दीपक देवकोटा र अनिता भुजेलले गरिरहेका छन् । सहिदकाे ० दशमलव ४० प्रतिशत रहेको छ । उक्त पालिका अहिले नेकपा माओवादी केन्द्रका रमेशबाबु थापा मगर अध्यक्ष छन् भने इन्दिरा तिवारी उपाध्यक्ष छिन्। उनीहरूकाे दाेस्राे कार्यकाल हाे ।
पालुङटारको १ दशमलव ०९ प्रतिशत बेरुजु देखिएको छ । यो पालिकामा माओवादी केन्द्रका विवश चिन्तन मेयर छन् भने वन्दना पाण्डे उपमेयर छिन् ।
भीमसेनको १ दशमलव २२ प्रतिशत बेरुजु रहेको महालेखाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । भीमसेनमा माओवादीका लोकप्रसाद बञ्जारा अध्यक्ष छन् भने कांग्रेसकी अमृता बस्ती उपाध्यक्ष छिन् । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका बेरुजु ० दशमलव ५३ प्रतिशत रहेको छ भने धार्चेको ० दशमलव ७९ प्रतिशत छ । यी पालिका माओवादी केन्द्रका निमा लामा र लक्ष्मण गुरुङले अध्यक्ष छन् भने लक्ष्मी गुरुङ र सुनिला गुुरूङ उपाध्यक्ष छन् ।
जिल्लाको पुरानो बजार भनेर चिनिने आरघाट गाउँपालिकाको बेरुजु ० दशमलव ६४ प्रतिशत रहेको छ । यो पालिका कांग्रेसका राजु गुरुङ र उपाध्यक्षमा कल्पना नेपाली छन् ।
गण्डकी गाउँपालिकाको बेरुजु १ दशमलव ०२ प्रतिशत रहेको छ भने अघिल्लो वर्ष बारपाक सुलिकोट गाउँपालिकाको ० दशमलव ६८ प्रतिशत रहेको छ । यी दुवै पालिकामा नेतृत्व माओवादी केन्द्रका दीपक तिमिल्सेना र विष्णु प्रसाद भट्ट अध्यक्ष छन् भने कांग्रेसकी ललिता अधिकारी र सनमाया गुरुङ माओवादीबाट उपाध्यक्ष छिन् ।
आर्थिक बर्ष २०७७/७८ मा जिल्लाका स्थानीय तहरुको कूल बेरुजु रकम ५९ करोड ८५ लाख ६७ हजार रहेको थियो ।
आर्थिक बर्ष २०७८/७९ काे ६० औँ वार्षिक प्रतिवेदनका अनुसार धार्चेमा १.८४ प्रतिशत बेरुजु रहेको थियाे भने शहिदलखनमा ०.५ प्रतिशत बेरुजु थियाे । शहिदमा अघिल्लाे बर्षकाे तुलनामा बेरूजु बढेकाे छ ।
गोरखा नगरपालिकामा १.८३ प्रतिशत, सिरानचोका १.४१ प्रतिशत बजेट तथा कार्यक्रम बेरुजु रहेको पाइएको छ ।
बारपाक सुलिकोटमा १.२७ प्रतिशत र चुमनुब्रीमा १.१३ प्रतिशत बेरुजु देखाएको छ भने पालुङटारमा १.१३ प्रतिशत, आरुघाटमा ०.८७ प्रतिशत, भीमसेन थापा गाउँपालिका ०.८३ प्रतिशत र गण्डकी गाउँपालिका ०.७१ प्रतिशत, अजिरकोट ०.६७ प्रतिशत बेरुजु कायम भएको महालेखा प्रतिवेदनमा उल्लेख छ ।
बजेटका हिसावले भने सबैभन्दा धेरै गाेरखा नगरपालिकामा देखिएकाे छ ।
प्रतिक्रिया