+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौंबाट म्याग्दी जाँदै गरेको रात्रि बस लेवाडेमा पल्टियो, सातजना घाइते

4KNationalDaily
२०८१ जेष्ठ १७, बिहीबार १०:४१ बजे

काठमाडौं- गएराति काठमाडौंबाट म्याग्दीतर्फ जाँदै गरेको बस कास्कीमा दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माका अनुसार आज बिहान पौने चार बजे अन्नपूर्ण गाउँपालिका-१ लेवाडेमा बा५ख २८५ नम्बरको बस बस पल्टिएको हो।

दुर्घटनामा म्याग्दीको मालिकाका ३९ वर्षीय टकबहादुर कामी, म्याग्दीकै मंगला गाउँपालिका वडा नम्बर-१ निस्कोटका ४५ वर्षीय प्रेम पुन, मालिका वडा नम्बर-८ का ५७ वर्षीय तिलक शर्मा, दरबाङकी १५ वर्षीया सबिता श्रीपाली, दरबाङकै १७ वर्षीया भीमसेन अधिकारी, मंगला गाउँपालिका- १ सिमह बस्ने वर्ष ५७ की हरी केसी र म्याग्दीकै २५ वर्षीया रञ्जना हमाल घाइते भएका छन्।

दुर्घटनामा बसका चालक पर्वतको जलजला गाउँपालिका वडा–८ बस्ने ३६ वर्षीय बलबहादुर फगामी मगर पनि घाइते भएका शर्माले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily