काठमाडौं– बर्दिबासबाट काठमाडौँतर्फ आउँदै गरेको बस सिन्धुलीमा दुर्घटनाग्रस्त भएको छ । बाग्मती प्रदेश ००१ प १७३२ नम्बरको बस साँझ ६ बजेको समयमा खुर्कोट नजिकैको बारा घुम्तीमा दुर्घटनामा परेको बताइएको छ ।
बसमा ग्लोबल आइएमई बैंकका २५ जना कर्मचारी सवार रहेको बताइएको छ । दुर्घटनाका केही घाइतेलाई सुनकोशी सामुदायिक अस्पताल र सुवजीवन अस्पतालमा पुर्याइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।
बस महोत्तरीको बर्दिवासबाट बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ आउँदै थियो। दुर्घटनामा केही गम्भीर घाइतेलाई खुर्कोटस्थित अस्पतालमा र केहीलाई धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उनीहरू बर्दिवासमा तालिममा सहभागी भएर फर्किंदै थिए।
बस सडकबाट ३० मिटर खसेको थियो। दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया